दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना संक्रमण


२७ श्रावण २०७७, मंगलवार
narayani hospita
dav

पर्सा, २७ साउन । पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका छन् ।

संक्रमित हुनेहरुमा दुई डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

संक्रमितमध्ये नेसनल मेडिकल कलेज (वीरगञ्ज) का दुई डाक्टरसहित तीन कर्मचारी, नारायणी अस्पतालकै तीन स्टाफ नर्स र दुई कार्यालय सहयोगी र एक जना सशस्त्र प्रहरी रहेका छन् ।

यस्तै वीरगञ्जकै भवानी हस्पिटलका ६ कर्मचारी पनि रहेको बताउँदै उपाध्यायले ती चिकित्सक हुन् वा के भन्ने खुल्न बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७