सीटीईभीटीको परिक्षा स्थगित


२९ श्रावण २०७७, बिहीबार
ctvt

काठमाडौं, २९ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ ।

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि सीटीईभीटीले परीक्षा स्थगित गरेको हाे ।

सिटिभीटीकाे प्रवक्ता अनोज भट्टराईले २०७७ भाद्र भाद्र महिनको दोस्रो हप्तादेखि सञ्चालन गरिने परिक्षा कार्यक्रम रहेकोमा लकडाउन अन्त्य पश्चात पुन कोभिड–१० को संक्रमण प्रतिदिन बृद्धि भइरहेको र धेरैजासो जिल्लाहरुमा निषेधाज्ञा जारी भएकोले परिक्षा स्थगित गरिएकाे जनाएकाे छ ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।

परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७