कोरोनालाई नाकमा नै रोक्ने इन्हेलर

न्यानो बडी भएको एन्टी कोरोना स्प्रेले भाइरसलाई नाकमा नै रोक्ने वैज्ञानिकको दावी


३० श्रावण २०७७, शुक्रबार
corona nasal spray i5SuFTc4iy

काठमाडौं, ३० साउन । अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन् । जसले कोरोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ ।

यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ जसलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नु पर्नेछ ।

यो इन्हेलरमा विशेष प्रकारको न्यानोबडी रहेको छ जुन एन्टीबडीबाट तयार गरिएको हो । यो एन्टीबडी लामा र ऊँट जस्ता जनावरमा पाइन्छ जसले शरीरलाई प्रतिरोधात्मक क्षमता दिन्छ । इन्हेलरमा रहेको न्यानोबडीलाई ल्याबमा तयार गरिएको हो । यो जेनेटिकल्ली मोडिफाइड गरेर कोरोनालाई रोक्नका लागि विकसित गरिएको हो ।

ल्याबमा गरिएको प्रयोगका दौरान कोरोनाको संक्रमण शरीरमा फैलिनबाट रोक्न एन्टीबडीले काम गर्ने देखियो । एन्टीबडीजस्तै न्यानोबडी पनि प्रोटिनबाट बनेको हुन्छ । यो एन्टीबडीको सुक्ष्मरुप हो र यो अधिक संख्यामा बनाउन सकिन्छ । न्यानोबडीको खोज सन् १९८० मा बेल्जियमको ल्याबमा गरिएको थियो ।

शोधकर्ताका अनुसार जब कोरोना संक्रमण फैलिनका लागि आफ्नो स्पाइक प्रोटिन मानिसको एसीईटू रिसेप्टरमा जोड्छ, यो न्यानोबडीले त्यहीं प्रोटिनलाई रोक्नछ । यसरी भाइरस एसीईटू रिसेप्टरसँग जोडिन पाउँदैन र संक्रमण हुँदैन । एसीइटू रिसेप्टर मानिसको कोशिकाको सतहमा पाइन्छ, यो कोरोना संक्रमणको इन्ट्री प्वाइन्ट हो ।

शोधकर्ता पीटर वाल्टरका अनुसार जबसम्म खोप बन्दैन, त्यतिबेलासम्म एरोन्याब्स भाइरसबाट बच्ने सुरक्षित विकल्प हुनसक्छ । सार्स महामारीको दौरान पनि कोरोनाभाइरसलाई निश्क्रिय गर्न न्यानोबडी तयार गरिएको थियो । शोधकर्ता आशिष मांगलिका अनुसार शोधकर्ताले प्रयोगशालामा २१ न्यानोबडी विकास गरेका छन् जुन कोरोनाविरुद्ध काम गर्न सक्छ ।

शोधकर्ताहरुले यो नाकको स्प्रेलाई आम मानिससम्म पुर्‍याउन उत्पादक कम्पनीसँग करार गर्दैछ । चाँडै यसको मानिसमाथिको परीक्षण सुरु हुने विश्वास गरिएको छ । यदी यसले आशाअनुरुप शतप्रतिशत काम गरे यो महामारीलाई रोक्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ । स्रोत : दैनिक भास्करबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७