अझै बढ्यो सुनको भाउ


३० श्रावण २०७७, शुक्रबार
gold

काठमाडौं, ३० साउन । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर ९८ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि २४ सयले बढेर ९७ हजार ४ सय कायम भएको थियो । चाँदीको भाउ पनि ६० रुपैयाँले बढेर १३ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार देखि पुनः उकालो लाग्न थालेको हो ।

रसियाले कोभिड १९ विरुद्धको खोप निर्माण गरेको घोषणापछि सुनमा लगानी गर्नबाट टाढीका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृती नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७