काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण


३१ श्रावण २०७७, शनिबार
kathmandu

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज देशभर थपिएका ४८६ संक्रमितमध्ये ९८ जना काठमाडौं उपत्यकाभित्रका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौंमा ८० जना, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर ९८ जना संक्रमित भेटिएका हुन् ।

यसअघि शुक्रवार काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ कोरोना संक्रमित थपिएका थिए ।

यता नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसहित आज (शनिबार) सम्ममा नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिएको छ । यो अवधिमा १२४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

देशभरका प्रयोगशालमा विगत २४ घण्टामा ११ हजार ४७ जनाको नमुना पिसिआर बिधिबाट परीक्षण गरिएको गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट तीन जनाको ज्यान गएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एक–एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७