दुई डिआइजीसहित देशभर ७४१ प्रहरीमा कोरोना, मुख्यालयका १६९ जना


४ भाद्र २०७७, बिहीबार
Nepal Police Headquarter

काठमाडौं, ४ भदौं । कोरोना महामारी झन तीब्र बनेसँगै अग्रपक्तिमा रहेर सुरक्षा, उद्धार र सचेतनालगायतका काम गर्दै आएका सुरक्षाकर्मी आफै कोरोना संक्रमित हुने क्रम बढेको छ ।

अहिलेसम्म दुई डीआईजीसहित नेपाल प्रहरीमा ७४१ जनामा कोरोना संक्रमण देखिइसकेको छ । जसमध्ये ४५७ जना सक्रिय संक्रमित छन् । २८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत १६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित छन् ।

प्रदेश– १ मा २९, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् ।

पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७