काठमाडौं उपत्यका निषेधाज्ञाकाे दाेश्रो दिन {भिडियाे}


५ भाद्र २०७७, शुक्रबार
nisedhagya kathmandu 1.00 02 35 02.Still001

काठमाडाैं, ५ भाद्र । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको दाोश्रो दिन शुक्रबार पनि उपत्यका शुनसान देखिएको छ ।

कार्यालयसमय बाहेक अन्य समयमा सडक शुन्य छ । सडकमा अत्यावश्यक काम, खाद्यान्‍न बोक्ने सवारी र एम्बुलेन्स मात्रै गुडेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ छन् ।

एक साताका लागि गरिएको निषेधाज्ञामा सडकमा तैनाथ प्रहरी बढाइएको छ । निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले होल्डमा राख्ने गरेको छ ।

२ हजार भन्दा धेरै संक्रमित भएको एक मात्रै जिल्ला काठमाडौंमा कोरोनाले भयावह रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको हो । प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर निस्किए कारवाही गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरस संक्रमण भेटिएका छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।योसहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७