अनमी, सीएमएलगायतका प्रमाणपत्र तहसम्मका सबै कार्यक्रम खारेज, १३७ वटा कलेजको सम्बन्धन खारेज


१० भाद्र २०७७, बुधबार
Nurse

काठमाडौं, १० भदौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको छ ।

गत साउन ३० मा बसेको आयोगको बैठकले खारेज गर्ने निर्णय गरेको जनाएको छ । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

 

उनका अनुसार चिकित्सा शिक्षा ऐनकै दफा ४२ मै विश्वविद्यालय प्रतिष्ठान र सो अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्न–नगराउने र सञ्ंचालनमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपछि स्वतः फेजआउट हुने निर्णय छ ।

यसै शैक्षिक सत्रबाट ऐनमा रहेको व्यवथा कार्यान्वयन हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना अब लिन नपाउने उनले बताएका छन् । योसँगै सिएमए, अनमी, पीसीयल नर्सिङ र ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७