मैले शोषण र यातना भोगेँ : पेरिस हिल्टन


११ भाद्र २०७७, बिहीबार
paris hiltonn

वासिङटन : अमेरिकी सेलिब्रिटी पेरिस हिल्टनले आफ्नो आउँदै गरेको डकुमेन्ट्री ‘दिस इज पेरिस’ बारे बोल्दै आफूले युवावस्थामा मानसिक र शारीरिक शोषण बोग्नु परेको खुलासा गरेकी छन् ।

उताहस्थित बोर्डिङ स्कुलमा भर्ना हुँदा आफूले भावनात्मक, मानसिक र शारीरिक उत्पिडन भोगेको उनले बताएकी हुन् । हालै पिपुल म्यागजिनका लागि उनले दिएको अन्तर्वार्ता अनुसार उनले आफ्नो यथार्थ लामो समयसम्म लुकाएर राखेको भन्दै अब वास्तविकता देखाउन चाहेको बताइन् ।

‘मैले मेरो सत्यता लामो समयसम्म लुकाइराखेँ, तर म बलियो महिला भएकोमा गर्व छ । मानिसहरु मेरो जीवनमा भएका सबै चिज मलाई सामान्य लागेको छ भन्ठान्छन् होला, तर म म वास्तवमा के हुँ भनेर यो संसारलाई देखाउन चाहन्छु,’ पेरिसले भनेकी छन् ।

पेरिस हिल्टन २००३ देखि ‘द सिम्पल लाइफ’ सिरियल मार्फत चर्चामा आएकी हुन् । त्यसअघिसम्म न्युयोर्कको होटलमा बस्ने एक सामान्य तर विद्रोही किशोरीको परिचय मात्रै थियो उनको ।
उनी आफ्ना अभिभावक अति कडा भएकाले पनि एक्लै बस्न थालेकी थिइन् । तर उनी बिरामी भएपछि अभिभावकले केही स्कुलमा पठाएका थिए ।

जहाँ उनले यातना, शोषण र तनाब झेल्नु परेको खुलासा गरेकी छन् । उनले भनेकी छन्, ‘मैले थाहा पाएँ कि, अन्यत्र भन्दा यहाँ खराब छ । यो एक स्कुल जस्तो थियो । तर क्लास हुँदैनथे । म उठेदेखि नै ओछ्यानमा जाने बेलासम्म मेरो हनुहारमा चिच्याहट र निरन्तर यातना हुन्थ्यो ।’

उनले त्यहाँ काम गर्ने कर्मचारीबाट पनि डरलाग्दा कुरा सुन्ने गरेको र खराब महसुश गराएको बताइन् । साथै आफूमाथि ‘बुलिङ’ हुने गरेको पनि उनले बताएकी छन् । ‘त्यसबेला मलाई पेनिक अट्याक हुन्थयो । र हरेक दिन रोएको हुन्थेँ, म एकदम दयनीय रुपमा त्यहाँ थिएँ । मलाई लाग्थ्यो कि, म कैदी हुँ र मैले जीवनलाई घृणा गर्न थालेको थिएँ,’ पेरिसले खुलाएकी छन् । उनले आफ्नो बोर्डिङ स्कुलको जीवनबारे यस्तो खुलासा गरेकी हुन् । यस्तो उनी टिन एजमै छँदा भएको पेरिसको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७