‘होम डेलिभरी’ सेवामा रोक नलगाउन विवेकशील नेपाली दलको आग्रह


१३ भाद्र २०७७, शनिबार
delivery.jpg .2020 08 28

काठमाडौं, १३ भदौं । विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ ।

सो दलका उपाध्यक्ष अजिता राईले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएको व्यक्तिहरुलाई प्रहरी धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ ।

हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको भन्दै त्यसो नगर्न आग्रह गरेकी हुन् । धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ । सो दलले धरपकडको विरोध गर्दै ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई आफ्नो सेवा सञ्चालन गर्न दिनुपर्ने माग समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७