काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्मका लागि थपियो निषेधाज्ञा


१७ भाद्र २०७७, बुधबार
Durbarmarga Kathmandu scaled

काठमाडौं, १७ भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले जानकारी दिए । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलो पटक ३ गते र दोस्रो पटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

तर, यस पटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंकलगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७