रोनाल्डोले बनाए अर्को कीर्तिमान : अन्तर्राष्ट्रिय खेलमा एक सय गोल पूरा


२४ भाद्र २०७७, बुधबार
skynews ronaldo portugal football 4338029

काठमाडौं, २४ भदौं । क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् ।

यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।

download QHqoOoddRj

पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलका कप्तानले उक्त कोशेढुंगा पार गरेका थिए । उनको करियरमा फ्रिकिकबाट यो ५७ औं गोल थियो ।

त्यसपछि दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे । ८१ मिनेट खेलेका रोनाल्डो विश्व कीर्तिमानबाट अब मात्र ८ गोल टाढा रहेका छन् ।

इरानका अली देइले मात्र रोनाल्डोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए ।

download 2 AEwyGQibsh

रोनाल्डोभन्दा पछि भारतका सुनिल क्षेत्री (७२ गोल) र अर्जेन्टिनाका लियोनेल मेस्सी (७०) गोल रहेका छन् । रोनाल्डोले अधिकांश गोल आफ्नो ३० औं जन्म दिनपछि गरेका छन् । उनले यसक्रममा ४७ खेलमा ४९ गोल गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७