‘विप्लव’ का दाइ ‘वीरजङ्ग’ लाई कोरोना, पत्नी राजकुमारीले गरिन् जीवन रक्षाको माग


३ आश्विन २०७७, शनिबार
birjung

सुनसरी, ३ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सुनसरीको धरानस्थित प्रहरी हिरासतमै रहेका बेला कोरोना संक्रमित बनेका वीरजङ्गको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दाङबाट वीरजङ्गसँगै पक्राउ परेका २१ जनालाई प्रहरीले छाडे पनि उनलाई भने अझै छाडिएको छैन । उनलाई दाङबाट सुनसरी हुँदै भोजपुर र संखुवासभा पुर्‍याएको उनका भाइ जयन्द्रले बताएका छन् ।

त्यहाँ उनलाई ज्वरो आउने र टाउको दुख्ने भएपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएकाले बीपीमा राखेर उपचार भइरहेको हो । भाइ जयन्द्रल दाज् वीरजङ्ग चन्दलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । तीन दाजुभाइमध्ये वीरजङ्ग जेठो, जयन्द्र माइलो र विप्लव कान्छो हुन् ।

यता वीरजङ्गकी श्रीमती राजकुमारीले आफ्ना पतिको जीवनरक्षाको माग गरेकी छिन् । हिरासतमा राखिएका व्यक्ति कोरोना संक्रमित हुनु राज्यको लापर्वाही भएको समेत उनले बताएकी छिन् ।

उनले सर्वोच्च अदाललते छाड्न आदेश दिए पनि सरकारले राजनीतिक प्रतिशोध साँध्नका लागि आफ्ना पतिलाई नछाडेको भन्दै सञ्चारमाध्यमसहित मानवअधिकारकर्मी समक्ष जीवनरक्षाको अपील गरेकी छिन् ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला सशक्त कमाण्डर वीरजङ्गका कान्छा भाइ विप्लवले माओवादी त्यागेपछि अहिले आफैं पार्टी सञ्चालन गरी भूमिगत छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७