तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर दन्कियो आगो


४ आश्विन २०७७, आईतवार
tirusli hoJEFGa67c

धादिङ, ४ असोज । धादिङमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ को सुत्केरी ढुङ्गाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करमा अहिले आगो लागिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार ट्याङ्कर मध्यरातमा त्रिशूली नदीमा खसेको हो र यसबारे थप विवरण आउन बाँकी छ ।
तस्विर स्रोत : पत्रकार पोषनाथ अधिकारीको फेसबुकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७