पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता


८ आश्विन २०७७, बिहीबार
TA Baleba 20200919 1118542 1 1536x1152 1

पाल्पा, ८ असोज । पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उनकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । घटनाबारे थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

यस्तै रम्भा गाउँपालिका–२ कै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा अर्की एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७