लगातार घट्दै सुन–चाँदीको भाउ, आज तोलाको कति छ ?


८ आश्विन २०७७, बिहीबार
gold

काठमाडौं, ८ असोज । नेपाली बजारमा केहि दिनयता सुनचाँदीको भाउ लगातार ओरोलो लागिरहेको छ । आज (बिहीबार) पनि बजारमा सुनचाँदीको भाउ घटेको छ ।

आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।

एक बर्ष भन्दा बढी समययता सुनको भाउ महँगिंदा सुन कोरोबारमा निकै मन्दी आएको छ । जसका कारण सुन व्यवसायी मारमा परेका छन् । यस्तै सुनको भाउ महँगिएका कारण उपभोक्ताले समेत सुन चाँदीका गहना बनाएर लगाउन पाएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७