कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त


८ आश्विन २०७७, बिहीबार

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका जानकारी दिएका छन् ।

कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका थिए । उनी गत शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनलाई डिस्चार्ज गरिएको थियो । महामन्त्री कोइरालामा गत २३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७