मकवानपुरमा खोलाले बगाउँदा दम्पतीको मृत्यु


११ आश्विन २०७७, आईतवार
badhi
फाइल फोटो

मकवानपुर, ११ असोज । मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पति पत्नीको मृत्यु भएको हो ।

मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्‍याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो । केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७