२७ अर्ब सहुलियत ऋण लिन सरकारले बनायो अध्ययन कार्यदल


१२ आश्विन २०७७, सोमबार
28 Shares
CKK KTM PressMeetPardeepGaywalib scaled
sf7df8f}F, !@ c;f]h M ;~rf/ tyf ;””rgfk|ljlw dGqfnodf ;f]daf/ cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ub}{ k//fi6«dGqL tyf g]kfn ;/sf/sf k|jQmf k|bLks”df/ 1jfnL . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौं, १२ असोज । सरकारले विभिन्न निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिन लागि अध्ययन कार्यदल गठन बनाएको छ । त्यसका साथै नेपाललाई प्राप्त ५ अर्ब २७ करोड रुपैयाँ सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद बैठकले निणर्य गरेको छ ।

मन्त्रिपरिषदले स्वास्थ्य क्षेत्रका लागि बेलायत सरकारले उपलब्ध गराउने थप ३ अर्ब ५२ करोड रुपैयाँ आर्थिक र प्राविधिक सहायता स्वीकार गर्ने निणर्य गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसैगरी विश्व वातावरण सुविधा (जीईईएफ) बाट प्रकृतिका लागि विश्वव्यापी कोष (डब्ल्युडब्ल्युएफ) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाका १४ दशमलव ५९ मिलियन डलर १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निणर्य गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज (सोमबार) जानकारी गराएका छन् ।

सरकारले विश्व बैंकबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि लागि १० मिलियन डलर अर्थात करीब ९ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूणर् ऋण लिनका लागि पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निणर्य गरेको छ ।

jagdamba.cement
rbbbb

त्यस्तै एसियाली विकास बैंकबाट साउथ एसिया सवभिजनल इकोनोमी कोअपरेसन एयरपोर्ट क्यापासिटी इन्ह्यासमेन्ट प्रोजेक्टका लागि प्राप्त हुने १५० मिलियन डलर अर्थात करीब १८ अर्ब रुपैयाँ सहुलियतपूणर् ऋणका लागि वार्ता टोली गठन गर्ने निणर्य गरेको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७