रुसले बनाएको अढाइ करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता


१३ आश्विन २०७७, मंगलवार
korona khop

काठमाडौं, १३ असोज । रुससँग कोभिड-१९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको छ ।

रुसको स्पुतनिक-भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको हो ।

उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए । तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् । उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७