पिसिआर परीक्षण : सरकारी मूल्य दुई हजार, निजीको असुली चार हजार चार सय

नोबेलका सञ्चालक सुनील शर्मा भन्छन्, ‘१५ सयमा परीक्षण हुँदा पनि दुई सय नाफा आउँछ’


१५ आश्विन २०७७, बिहीबार
28 Shares
pcr test mechine 20200609042536

काठमाडौं, १५ असोज । विश्व बजारमा कोरोना परीक्षण गर्ने किट र व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई) सस्तो भएपछि गत २८ भदौमा आरटी पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार रुपैयाँ तोकिएको थियो । तर, तोकिएको मूल्यभन्दा निजी अस्पताल र प्रयोगशालाले चर्को शुल्क लिएका छन् ।

सरकारले अनुमति दिएका १६ निजी प्रयोगशालामध्ये काठमाडौं मेडिकल कलेज र बिध ल्याबले मात्रै तोकेको मूल्यभन्दा कममा परीक्षण गरेका छन् । बाँकी प्रयोगशालाले भने निणर्य अस्वीकार गर्दै आफैले तोकेको मूल्य लिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिनामंगलमा रहेको डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले तोकेभन्दा करिब तीन गुणा बढी लिएको पाइएको छ । प्राप्त बिलअनुसार सो प्रयोगशालाले ७ असोजमा गरेको पिसिआर परीक्षणबापत प्रतिनमुना तीन हजार नौ सय रुपैयाँ लिएको पाइएको छ । डिकोडले दैनिक सय नमुना परीक्षण गर्दै आएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यता ३ असोजमा गरेको पिसिआर परीक्षण बापत धुलिखेल अस्पतालले चार हजार चार सय रुपैयाँ लिएको छ । सो अस्पतालले पनि दैनिक औसत सयजनाको नमुना परीक्षण गर्दै आएको छ । बी एन्ड बी अस्पतालले प्रतिनमुना चार हजार चार सय लिएको बिल फेला परेको छ । उसले लिएको शुल्क २ असोजको हो । सो अस्पतालले दैनिक एक सय ५० नमुना परीक्षण गर्दै आएको देखिन्छ ।

jagdamba.cement
rbbbb

नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा १५ सयमा परीक्षण हुँदा दुई सय खुद नाफा बस्ने बताउँछन् । नोबेल मेडिकल कलेजले प्रतिनमुना १५ सय रुपैयाँमा परीक्षण गर्न थालेको बताएको छ ।

बढी शुल्क लिनेको अनुमति खारेज : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेभन्दा पिसिआर परीक्षण शुल्क धेरै लिए परीक्षण अनुमति खारेज गर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षणका नाममा मनलाग्दी रकम लिने प्रयोगशालाको अनुमति खारेज गर्ने बताए ।

प्रवक्ता गौतमले ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, स्टार अस्पताल, बी एन्ड बी अस्पताल, सूर्या ल्याब, डिकोर ल्याब, सिडिएल ल्याब र इन्टिपेर ल्याबलगायतले बढी शुल्क लिएकाले २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निणर्य भएको बताए । शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न-गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७