नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना संक्रमण


१५ आश्विन २०७७, बिहीबार
nepal oil

काठमाडौं, १५ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ ।

संक्रमण भए पनि उनलाई सामान्य मात्र लक्षण रहेको जनाइएको छ । सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनले भने, ‘सामान्य केही लक्षण देखिएपछि होम आइसोलेसनमा बसेर टेष्ट गराएकोमा आज संक्रमणको पुष्टि भएको छ । अहिले त्यस्तो धेरै गाह्रो भएको छैन । हल्का ज्वरो भने देखिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७