सरकारको डा. केसीलाई आग्रह : देश असामान्य अवस्थामा छ, अनसन फिर्ता लिनुस्


१५ आश्विन २०७७, बिहीबार
CKK KTM PressMeetPardeepGaywalib scaled
sf7df8f}F, !@ c;f]h M ;~rf/ tyf ;””rgfk|ljlw dGqfnodf ;f]daf/ cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ub}{ k//fi6«dGqL tyf g]kfn ;/sf/sf k|jQmf k|bLks”df/ 1jfnL . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौं, १५ असोज । सरकारले अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई जारी अनसन फिर्ता लिन आग्रह गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेका बेला अनसन, धर्नालगायतका आन्दोलन उपयुक्त नहुने बताए । कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिने भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न लागिपर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिले कोरोनाका कारण देशमाअसामान्य अवस्था छ । आज मात्रै हामीले एक जना राम्रो चिकित्सकलाई गुमाएका छौं । यतिबेला आन्दोलन, धर्ना उपयुक्त हुन्छ र ? यदि केही कुराहरु छन् भने पछि पनि त छलफल गर्न सकिन्छ नि ।’

बिहीबार मात्रै कोरोना संक्रमणका कारण कर्णाली ली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको छ । मन्त्रिपरिषदका निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा. केसी र उनका सहयोगीहरुलाई अहिले अनसन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७