नेपालमा ह्वातै बढ्यो कोरोना संक्रमण

काठमाडौं, १६ असोज । नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक हजार ५५९ जना सङ्क्रमित भएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
यस्तै काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । गोरखापत्र दैनिकबाट