कोरोनाबाट भारतमा हालसम्म एक लाखको मृत्यु, एकै दिन ८१ हजार जना संक्रमित


१६ आश्विन २०७७, शुक्रबार
korona india 2

नयाँदिल्ली, १६ असोज । भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै एक लाख पुगेको छ ।

अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा यो खबर तयार पार्दासम्म ९९ हजार ८ सय ४ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यहाँ गएको २४ घण्टामा एक हजार ९६ जनाको ज्यान गएको छ । यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वर्ल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ । यस्तै ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ४४ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७