काठमाडौं उपत्यकामा थपिए १५ सय ३१ कोरोना संक्रमित


१९ आश्विन २०७७, सोमबार

काठमाडौं, १९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौंका ११७८ जना, भक्तपुरका १०३ जना र ललितपुरका २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार काठमाडौंका १३७३, भक्तपुरका ३९ र ललितपुरका १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २४ सय ४० कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३१ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परीक्षणमा २४सय ४० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

२४ घण्टामा एक हजार १३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । देशभर २३ हजार ५ सय जना संक्रिय संक्रमति छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७