भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा


२२ आश्विन २०७७, बिहीबार
khasi boka 4

काठमाडौं, २२ असोज । नेपाल-भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसी बोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसी बोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसी बोका व्यवसाय मर्कामा परेका छन् ।

कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसी बोका अवैध रूपमा आउने गरेको दाबी गरे ।

भारतबाट भन्सार छली अवैध रूपमा आएका खसी बोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ ।

खसी बोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसी बोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसी बोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसी बोकालाई रोक्नुपर्ने बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७