महामारीका बेला कार्यालय बन्द गरी ‘पिकनिक’ गएको भन्दै पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी


२४ आश्विन २०७७, शनिबार
tala

डोटी, २४ असोज । जिल्लाको पूर्वीचौंकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको कार्यालयमा रहेका जनप्रतिनिधि तथा कर्मचारी कार्यालय बन्द गरेर शुक्रबार पिकनिक खान गएको जनाउँदै नेपाल विद्यार्थी सङ्घ पू्र्वीचौंकी गाउँ एकाइ समितिले तालाबन्दी गरेको हो ।

नागरिकका कामलाई लथालिङ्ग राख्दै गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, स्वास्थकर्मी गाउँपालिकाको गाडी लगेर पिकनिक खान छिमेकी जिल्ला अछामको कैलाशखोला गएको पाइएकाले आफूहरुले कार्यालयमा तालाबन्दी गरेको नेविसङ्घ पूर्वीचौकी गाउँ एकाइ समितिका सभापति रेशमविक्रम खड्काले जानकारी दिए ।

उनले भने, ‘नागरिकको सेवा गर्नका लागि खटिएका जनप्रतिनिधि तथा कर्मचारी सरकारी गाडी लिएर पिकनिक खान गएकाले हामीले तालाबन्दी गरेका हौँ, नागरिकको काममा बाधा गर्न र सरकारी सम्पत्ति दोहन गर्न पाइँदैन ।’

गाउँपालिकामा गरिएको तालाबन्दीबारे आफूलाई जानकारी नभएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, ‘आज शुक्रबार कार्यालयको काम सकिएपछि कर्मचारी कहींकतै गएको हुन सक्छन्, कार्यालय समय सकिएपछि गएको विषयलाई ठूलो बनाउन जरुरी छैन, हामीले जनताको सेवा प्रभावित हुने काम गरेका छैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७