काठमाडौं उपत्यकामा थपिए २ हजार २८३ कोरोना संक्रमित


२६ आश्विन २०७७, सोमबार
kathamandu
????????????????????????????????????

काठमाडौँ, २६ असाेज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।

उपत्यकामा आइतबार काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना गरी १४ सय १६ जना संक्रमित देखिएका थिए ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ।

सोमबार देशभरका प्रयोगशालाहरुमा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १४ सय ७३ छ। संस्थागत आइसोलेसनमा १३ हजार ९२३ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए। त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १९ हजार ९ सय ५७ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७