राजेन्द्र खड्गी पक्राउ


२५ माघ २०७४, बिहीबार
rajendra khadagi

काठमाडौं: द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । खड्गीले कलाकारको नाममा विभिन्न व्यक्तिलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोपमा ‘सीआईबी’ अनुसन्धान थालेको थियो ।

rajendra khadagi
फाइल तस्बिर

खड्गीले दक्षिण कोरियामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा विभिन्न व्यक्तिहरूलाई पठाई मानव ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एक जना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै छोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।

प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म लिएर रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको पाइएको प्रहरीले जनाएको छ । सोही आरोपको आधारमा खड्गीमाथि थालिएको हो ।

खड्गीसँगै एउटै टोलीमा गएका श्रीप्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको सुरुको अनुसन्धानमा छ । कलाकार राजेन्द्र खड्गीले कोरियामा छाडेको भनिएका श्रीप्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको खड्गीले दाबी गरेका छन् ।

आउने भदौबाट लागू हुने नयाँ फौजदारी ऐनलाई देखाएर कत्तिपय कानुन व्यवसायीकै सहयोगमा जापान, कोरिया, अस्ट्रेलिया जस्ता मुलुकमा शरणार्थी भिसा लगाउने गिरोह नै सक्रिय भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोेले त्यस्ता गिरोहबारे पनि अनुसन्धान गरिरहेको बताइएको छ । खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७