खै सरकार कता छ ? {भिडियो}

पीडित पत्रकारद्धारा बालुवाटारमा थाल थटाएर प्रदर्शन


२७ आश्विन २०७७, मंगलवार
journalist protest

काठमाडौं, २७ असोज । विभिन्‍न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समिति र सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने र नगराउने खै सरकार कता छ ? भन्दै सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सरकारले कार्यान्वयन गराउन नसकेको भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

सञ्चारगृहको ज्यादति र शोषणको विषयमा पटक पटक आवाज उठाएपनि कोरोना महामारीलाई देखाएर तलव सुविधा नदिएको र जवरजस्ती कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

प्रदर्शनमा पत्रकार महासंघका महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नसके यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । कोरोना महामारीकाबीच श्रमजिवी पत्रकारहरु भोकभोकै मर्नुपर्ने अवस्था आएपनि राज्यले भने कुनै चासो नदिएको उहाको भनाई छ ।

उनीहरु असोज १५ गतेदेखि २७ गतेसम्म आन्दोलनको पहिलो चरणमा २० गतेसम्म बानेश्वरमा ५ दिने रिले अनसन बसेका थिए । समितिले आफुहरुको माग सुनुवाइ नभएको भन्दै अर्को चरणको आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७