ललितपुरको कोञ्ज्योसोमका तीन दिनको शिशुमा कोरोना संक्रमण


२९ आश्विन २०७७, बिहीबार
korona

ललितपुर, २९ असोज । कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ। २४ देखि २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए ।

उनले भने, ‘यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला संख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।’

कोञ्ज्योसोममा सङ्क्रमित संख्या १३ रहेको महत्वले जानकारी गराए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७