बानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार


२९ आश्विन २०७७, बिहीबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

काठमाडौं, २९ असोज । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ ।

बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन् ।

बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो । त्यसक्रममा एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको हातमा चोट लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७