नेपाल प्रहरीमा पाँच हजार बढीलाई जागिर खुल्यो, कसरी दिने आवेदन ?


३० आश्विन २०७७, शुक्रबार
Nepal police

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । प्रहरीले पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिनका लागि आवेदन खुलाएको हो ।

आज गोरखापत्र दैनिकमा आएको सूचना अनुसार कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्नेछ । भर्नाका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ। यस बाहेक कुनै दस्तुर लाग्ने छैन ।


१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने सक्नेछन् ।प्रहरी जवान पदका लागि कक्षा आठ वा सो सरह पास गरेको हुनुपर्नेछ ।

उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ। यस्तै महिलाका हकमा पाँच फिट र तौत ४२ केजी हुनुपर्नेछ।

पाँच हजार दुई सय २७ जना मध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। समावेशीतर्फ आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७