कोरोना संक्रमितले औषधि–उपकरण अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आयो : चिकित्सक संघ


३० आश्विन २०७७, शुक्रबार
PL Kavre12 1 scaled

काठमाडौं, ३० असोज । नेपाल चिकित्सक संघले कोरोना संक्रमण समुदायमा प्रवेश गरेर भयावह स्थिति सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

देशभर संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको र ६९४ जनाको मृत्यु भइसकेको भन्दै संघले सरकारले अत्यावश्यक औषधि सहज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

‘संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थितिको सिर्जन हुन गएकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव डा. बद्री रिजालले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

उपत्यकासहित धेरै संक्रमित भएका सहरका अस्पतालमा बेड, आईसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिरलगायत अत्यावश्यक औषधिको अभाव हुँदा संक्रमित भौतारिन बाध्य भएको भन्दै संघले दुःख व्यक्त गरेको छ । यो विषयमा सरकार संवेदनशील हुनुपर्ने र अबिलम्ब प्रभावकारी कदम चाल्नुपर्ने माग संघले गरेको छ ।

‘सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवम् कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको सहज उपलब्ध गराउन नेपाल चिकित्क संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’

doctor 20201016090812

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७