कोरोनाको लक्षण देखिए मात्र आइसोलेसनमा बस्न स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन


३० आश्विन २०७७, शुक्रबार
Health 1

काठमाडौं, ३० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछि मात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’ मा बस्न निर्देशन दिएको छ ।

मन्त्रालयको बिहीबार बसेको सचिवस्तरीय बैठकले प्रत्यक्षरुपमा खटिएका स्वास्थ्यकर्मी वा कर्मचारीलाई पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मार्गनिर्देशिका परिमार्जन गर्दै यो व्यवस्था लागू गराउन खोजिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयले सबै कोभिड अस्पतालहरुलाई समेत पत्रचार गरिसकेको छ ।

Health ministry 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७