नबिल बैंकका सीइओ अनिल शाहलाई कोरोना संक्रमण


२ कार्तिक २०७७, आईतवार
anil shah e1602993373155

काठमाडौं, २ कार्तिक । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले केही दिन अघिबाट खासै अन्य लक्षण नदेखिए पनि गन्ध र स्वाद हराएको जनाएका छन् । गत बुधबार गरिएको पहिलो परीक्षण रिपोर्ट नेगेटिभ आएपनि शनिबार (हिजो) गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् ।

‘रिपोर्ट नेगेटिभ आए पनि आशंकामा बुधबारदेखि आइसोलेसनमा बसेको तर पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ’, शाहले फेसबुकमा लेखेका छन् , ‘रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७