सांसदलाई विष्णु रिजालको प्रश्न : जनता जीवन–मरणको संघर्षमा रहेका बेला दशैं भत्ता थाप्न लाज लाग्दैन ?


२ कार्तिक २०७७, आईतवार

काठमाडौं, २ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले देश कोरोना संक्रमणका कारण नागरिक जीवन मरणको संघर्षमा रहेका बेला दशैं खर्च बाँड्ने सरकार तथा थाप्ने सांसदलाई अलिकति लाज लागेन भनेर प्रश्न गरेका छन् ।

नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दशैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन् ।

‘सरकारले नागरिकलाई दशैं मनाउनका लागि नहिंड्नुस् भनिरहेको छ । अनि सांसदहरूलाई दशैं खर्च उपलब्ध गराइरहेको छ,’ रिजालले ट्वीटरमा लेखेका छन्, ‘जनताले भेन्टिलेटर र औषधि नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फूर्सद नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेका बेला जनप्रतिनिधिहरूले अलिकति लोकलाज र जिम्मेवारी महसुस गर्नु पर्दैन ?’

b

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७