संकटमा दायित्वबाट पन्छियो सरकार : भन्यो, ‘उपचार आफ्नै खर्चमा गर्नु, शव आफै व्यवस्थापन गर्नु’


२ कार्तिक २०७७, आईतवार
Singhadarbar CC Camera

काठमाडौं । सरकार कोरोना भाइरस कोभिड–१९ संक्रमितको नागरिकको उपचारको दायित्वबाट पन्छिएको छ । अब नागरिकले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्नेछ भने कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भएमा शव व्यवस्थापन आफ्न्तले नै गर्नुपर्ने व्यवस्था भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असोज २५ गते मन्त्रिस्तरीय निर्णय गर्दै होम आइसोलेनमा मृत्यु भएका व्यक्तिको शव आफन्तले नै सुरक्षा अपनाई व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका हुन्।

कार्यविधिको बुँदा ४ मा ‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ। परिवारका सदस्यहरुले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरुले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको बताए । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ ।

आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७