आइपीएल : राजस्थानको चौथो जित, चेन्नइ ७ विकेटले पराजित


४ कार्तिक २०७७, मंगलवार
114993778 9750ab5a 60ad 489e bb3f 652b5abdc9b6

काठमाडौं, ४ कार्तिक । राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नइले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका दिपक चाहरले २ विकेट लिए ।

जोस हाजलउडले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । चेन्नइका लागि रबिन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए ।

जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ ।

यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नइलाई हरायन सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो ।

चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । चेन्नइले १० खेलमा ६ अंक जोडेको छ । सातौं हार व्यहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७