काठमाडौं उपत्यकामा थपिए २७ सय २० कोरोना संक्रमित


७ कार्तिक २०७७, शुक्रबार

काठमाडौं, ७ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २७ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ । जसमध्ये १८६ संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा २० हजार १९६ संक्रमित निको भएका छन् ।

त्यसैगरी, भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित पुगेका छन् । ५४ जनाका संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार ३६५ जना संक्रमित निको भएका छन् ।

ललितपुरमा मा संक्रमितको संख्या ७ हजार ५६० पुगेको छ । ललितपुरमा हालसम्म ५३ संक्रमितको मृत्यु भएको छ भने २ हजार ५७४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४९९ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ । योसँगै हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ । आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा मृत्तकको संख्या ८२९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७