आफ्नै छोरीसहित १६० बलात्कारमा संलग्न इटालियन नागरिक पक्राउ


७ कार्तिक २०७७, शुक्रबार
2020 10 23 Halte Police

काठमाडौं, ७ कार्तिक । १६० बलात्कार र यौन हिंसामा संलग्न एक इटालियन नागरिकलाई फ्रान्सको सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।

जर्मनीको ’खोजी सूची’ रहेका ५२ वर्षीय इटालियन नागरिकलाई गत शुक्रबार नियन्त्रणमा लिएको फ्रान्सको बीएनआरएक ब्रिगेडले बताएको छ । उनलाई फ्रान्सको सीमा क्षेत्र मलहाउसन नजिकैको रुमेर्सहेइम–लि–हउटबाट नियन्त्रणमा लिइएको हो ।

उनले बालिका र किशोरीहरुलाई निशाना बनाएर बलात्कार गर्ने गरेको पाइएको छ । सन् २००० देखि २०१४ सम्म आफ्नो साथीका बालबालिकाहरुलाई आक्रमण गर्ने गरेको पाइएको हो ।
अधिकारीहरुका अनुसार उनीविरुद्ध जर्मनीमा १२२ मुद्दा परेका छन् । फ्रान्स अधिकारीहरुका अनुसार उनले वर्षौंसम्म आफ्नै छोरीलाई बलात्कार गर्ने गरेको समेत पाइएको छ ।

जर्मनीका अधिकारीहरुले ७ अक्टोबरमा फ्रान्सेली समकक्षीहरुलाई उनी सीमा क्षेत्र पार गर्ने तयारीमा रहेको र सतर्कता अपनाउन आग्रह गरेको थियो । उनलाई १६ अक्टोबरमा नियन्त्रणमा लिएको हो । सुपुर्दगी प्रक्रियाका लागि उनलाई अहिले कोलमारमा राखिएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७