नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण


९ कार्तिक २०७७, आईतवार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, ९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ ।

शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका छन् ।

‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँद छु,’ फेसबुकमा उनले लेखेका छन्, ‘केहि दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७