शौच गर्न निस्केकी किशोरीमाथि सामुहिक बलात्कार, बेहोश अवस्थामा उद्धार


११ कार्तिक २०७७, मंगलवार
Rape for nayapage

सप्तरी, ११ कार्तिक । सप्तरीको तिरहुत गाउँपालिकाकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भए पनि फुत्किन सफल भएकी छिन् ।

गएको शनिबार राति शौच गर्न निस्केका बेला १८ वर्षीया दलित किशोरीमाथि सामुहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा स्थानीय सुनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार दुई किशोरी शनिबार राति ८ बजे घर नजिकैको बाँसघारीमा शौच गर्न गएको बेला घटना भएको हो ।

दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा पुर्‍याएका थिए । एक किशोरी बतात्कृत भएकी र अर्की किशोरी भागेर बचेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् । उनीसँगै गएकी अर्का किशोरी आँत्तिएर घरतर्फ आइरहेको अवस्था भेटिएको उनले बताइन् ।

पीडित दुवै किशोरीकी आमाले सोमबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको डिएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७