आईपीएल : हैदरबादसँग ८८ रनले पराजित हुँदै दिल्ली तेस्रो स्थानमा झर्‍यो


१२ कार्तिक २०७७, बुधबार
ridhiman

काठमाडौं, १२ कार्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ ।

गए राति भएको खेलमा सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो । हैदराबादले दिएको २२० रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १३१ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

जितसँगै १० अंक बनाउँदै हैदराबादले तालिकामा पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । उसको प्ले अफमा पुग्ने सम्भावना कायमै छ । यस्तै हारेको दिल्ली १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई इण्डियन्स तालिकाको शीर्ष र रोयल च्यालेन्जर्स बेङ्ग्लोर दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७