कोरोनामुक्त भई डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी सिंहको मृत्यु


१२ कार्तिक २०७७, बुधबार
450351912kalusingh

काठमाडौं, १२ कार्तिक । कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेर पनि निको भई अस्पतालबाट डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मंगलबार मृत्यु भएको छ ।

कोरोना निको भएर घरमै आराम गरिरहेका सिंहको स्वास्थ्य सोमबार अचानक बिग्रिएको थियो । सोमबार राति पेट दुख्न शुरु भएपछि उनलाई वीर अस्पतालमा ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको हो ।

कोरोना निको भए पनि उनको स्वास्थ्यमा आएको अर्को समस्याका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालकै कार्डियो ओपिडीमा कार्यरत प्राविधिक सिंहलाई कोरोना संक्रमणभएपछि लामो समय आइसियुमा राखेर उपचार गरिएको थियो । संक्रमणमुक्त भएपछि उनलाई गत साता मात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो । सिंह नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७