आकाश खुलेपछि काठमाडौंबाट देखिएको हिमाल (फोटो फिचर)


प्रकाशित मिति : October 30, 2020

काठमाडौं, १४ कार्तिक । आकाश खुलेपछि काठमाडौंबाट हिमालको मनमोहक दृष्य देखिन थालेको छ ।

बुधबारसम्म बादल लागेको काठमाडौंको आकाश बिहीबारदेखि खुलेको हो । बिहीबार दिनभर आकाशमा एक टुक्रा पनि बादल देखिएन । शुक्रबार पनि बिहानैदेखि आकाश सफा छ ।

आकाश सफा भएपछि काठमाडौंबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमालहरु देखिन थालेको हो । तस्विरहरु : रासस

प्रतिक्रिया दिनुहोस्