ढिस्कोले पुरेर एक महिलाको मृत्यु, एक घाइते


१८ कार्तिक २०७७, मंगलवार
d670b7d5c61eabdd99963d163d88d2be w1000 h500 cp

धनुषा, १८ कार्तिक । धनुषाको बटेश्वर गाउँपालिका–४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ ।

प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७