सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण


२१ कार्तिक २०७७, शुक्रबार
Dilendra

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ ।

‘पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जानुपूर्व स्वयं र सामुहिक स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट कार्तिक १६ गते पीसीआर परीक्षण गराउँदा कोभिड पोजिटिभ देखिएकोले सम्बन्धित निकायमा जानकारी गराई हाल म होम आइसोलेशनमा छु,’ नेता बडुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण दैनिक नित्यकर्म यथावत चलिरहेकै छन् ।

आजसम्म स्वास्थ्यमा कुनै समस्या छैन र भर्चुअल माध्यमबाट आवश्यक मिटिङ्गहरु तथा जनसम्पर्क पनि पहिला जस्तै निरन्तर चलिरहेकै छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७