प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेको शिष्टाचार भेटवार्ता


२१ कार्तिक २०७७, शुक्रबार
1f81dca2667414f81900c0cea1995967 w1000 h500 cp

काठमाडौं, २१ कार्तिक । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत उपस्थित थिए । प्रधानमन्त्रीलाई भेट्नु अघि नरवणेले ‘माउण्टेन फ्लाइट’ गर्दै नेपालका विभिन्न हिमाल अवलोकन गरेका थिए । त्यसका लागि उनी सोलुखुम्बुसम्म पुगेका थिए । तीन दिने भ्रमण पूरा गरी नरवणे आजै भारत फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७